मेक्सम र पूर्णकलाको स्वरमा नरेशले ल्याए ‘देशै छोडेर’

हिमाल प्रेस ३ पुष २०८० १६:४४
मेक्सम र पूर्णकलाको स्वरमा नरेशले ल्याए ‘देशै छोडेर’

काठमाडौँ- लोकदोहोरी गायक नरेश खाती क्षेत्रीको नयाँ गीत ‘देशै छोडेर’ सार्वजनिक भएको छ। ‘रुँदै रुँदै तिम्रो शहर’ को भाग २ का रूपमा ‘देशै छोडेर’ गीत ल्याइएको नरेशले जानकारी दिए।

नरेशले लेखेका शब्दमा गायक मेक्सम खाती क्षेत्री र गायिकमा पूर्णकला बिसीले आवाज भरेका छन्। गीतकाे संगीत पनि नरेशकै हाे। संगीत संयोजन भने कमल सौरागले गरेका हुन्।

भिडिओ गोरक्ष म्युजिक प्रा.लिले निर्माण गरेको हो। उक्त गीत भिडिओसहित मेक्सम नरेश अफिसियल युट्युब च्यानलबाट मंगलबार सार्वजनिक गरिएको हो।

भिडिओमा हिउँवाला गौतम, अञ्जली अधिकारी, मेक्सम खाती, नरेश खाती, रेश्मा केसी, सुदिप कार्की, नवराज शर्माले अभिनय गरेका छन्।

स्वदेशमा रोजगारी नहुँदाको पीडाभाव गीतमा व्यक्त गरिएको छ। साथै राेजगारकै निम्ति जन्मदिने बुबाआमा, छोराछोरी छोडेर विदेश जानुपरेको पीडादायी यथार्थ चित्रण गरिएको छ।

नरेशले ‘रुँदै रुँदै तिम्रो शहर’ मा पनि आफ्नो परिवारसँग बिछोडिएर वैदेशिक रोजगानीमा जानुपर्दाको पीडा व्यक्त गरेका थिए।

यस्ताे छ भिडिओ


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast