मुग्लिन–पोखरा सडकको आँबुखैरेनी खण्ड कालोपत्रे गरिँदै

हिमाल प्रेस ६ पुष २०८० १५:१९ | Friday, December 22, 2023
मुग्लिन–पोखरा सडकको आँबुखैरेनी खण्ड कालोपत्रे गरिँदै प्रतिनिधिमूलक तस्बिर

दमौली– मुग्लिन–पोखरा सडक विस्तार आयोजनाअन्तर्गत तनहुँको आँबुखैरेनी खण्डमा दुईतर्फी कालोपत्रे थालिएको छ। मुग्लिन–पोखरा सडक विस्तार आयोजना (पूर्वी खण्ड)ले सवारी आवागमनमा असर नपर्ने गरी दुईतर्फी कालोपत्रे गर्न लागेको हो।

इन्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार पूर्वी खण्डमा हालसम्म १२.५ किलोमिटर सडक एकतर्फी कालोपत्रे भइसकेको छ। बरादीदेखि मार्कीचोकसम्म कालोपत्रे सम्पन्न भएको हो।

यसअघि आँबुखैरेनी गाउँपालिका–१ सत्रसयबाट मार्किचोकसम्म ३.५ किलोमिटर र बन्दीपुर गाउँपालिका–१ नाहालदेखि छिर्कनेसम्म ५.५ किलोमिटर खण्ड एकतर्फी कालोपत्रे भइसकेको छ।

पृथ्वी राजमार्गलाई चार लेनमा विस्तार गर्ने उद्देश्यसहित काम भइरहेको मुग्लिन–पोखरा सडक विस्तार आयोजनाको पूर्वी खण्डमा हालसम्म करिब ४५ प्रतिशत काम सकिएको छ।

तनहुँको आँबुखैरेनीदेखि जामुनेसम्मको उक्त खण्ड ४१.५ किलोमिटर दूरीको छ। राजमार्ग विस्तारका लागि पूर्वी खण्डमा घरटहरा हटाउने काम चलिरहेको छ। यो खण्डमा ६३१ घरटहरा हटाइनेछन्। त्यसवापत २२ करोड ४५ लाख रुपैयाँ मुआब्जा वितरण गरिने बताइएको छ।

रासस

प्रकाशित: ६ पुष २०८० १५:१९ | Friday, December 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast