काठमाडौँ– मुक्तिनाथ विकास बैंक मुख्य प्रवद्र्धक रहेको मुक्तिनाथ कृषि कम्पनी नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ।
कम्पनी स्थापनाको ५ वर्षमा सर्वसाधारणमा सेयर निस्कासन गरेर पब्लिक लिमिटेड बनेको हो।
स्थानीय सरकार, समुदाय र सहकारी संस्थासँगको साझेदारी तथा सहकार्यमा माग र आवश्यकता बमोजिमको कृषिसम्बन्धी सेवा प्रदान गर्न कम्पनी स्थापना गरिएको हो।
कम्पनीले देशभर क्षेत्रीय कार्यालय राखेको छ। यसका ७७ वटै जिल्लामा ४०० भन्दा बढी व्यावसायिक साझेदार छन्।
कम्पनीले कृषि उत्पादन वृद्धिका लागि स्रोत साधनको गुणस्तरीय उपलब्धता, उत्पादित कृषि उपजको बजारीकरण, विशेषज्ञ प्राविधिक परामर्श सेवा प्रदान गर्दै आएको छ।
प्रकाशित: २८ मंसिर २०८० १५:०० | Thursday, December 14, 2023
प्रतिक्रिया




