मानव सेवा आश्रम गोरखाका दुई बालिका बेचबिखन गर्न खोजेको आरोपमा महिला पक्राउ

हिमाल प्रेस २५ मंसिर २०८० १७:३० | Monday, December 11, 2023
मानव सेवा आश्रम गोरखाका दुई बालिका बेचबिखन गर्न खोजेको आरोपमा महिला पक्राउ प्रतिनिधिमुलक तस्बिर

काठमाडौँ– मानव सेवा आश्रम गोरखाका दुई बालिकालाई बेचबिखन गर्न खोजेको आरोपमा एक महिला पक्राउ परेकी छन्। पक्राउ पर्नेमा धार्चे गाउँपालिका- ७ घर भई हाल गोरखा नगरपालिका- ६ बस्ने २७ बर्षीया बिसमाया गुरुङ रहेको प्रहरीले जनाएको छ।

१६ बर्षीया ती बालिकाहरूलाई काठमाडौँ लगेर जागिर लगाइदिन्छु भन्दै फकाएर गुम्बामा लुकाएर राखेको खुलासा भएपछि उनलाई पक्राउ गरिएको प्रहरी निरीक्षक रविन्द्र अधिकारीले जानकारी दिए। ‘आश्रम संचालकबाट पनि जायरी आयो अनि हामीले ती महिलालाई पक्राउ गर्‍यौँ,’ उनले भने।

यही मंसिर २० गते बिद्यालय गएका ती दुई बालिकाहरू आश्रम नफर्केपछि खोजतलास गर्ने क्रममा गोरखा नगरपालिका–७ सतिपिपलस्थित निर्माणाधिन गुम्बामा लुकीछिपी बसेको अवस्थामा फेला परेका थिए।

सोधपुछको क्रममा बिसमायाले काठमाडौँमा जागिर लगाइदिन्छु भन्दै फकाएर राखेको खुलासा भएपछि आइतबार ती महिलालाई पक्राउ गरिएको प्रहरीको भनाइ छ। पक्राउ परेकी महिलाविरुद्ध मानव बेचबिखन तथा ओसारपसार उद्योग कसुर शिर्षकमा मद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।

प्रकाशित: २५ मंसिर २०८० १७:३० | Monday, December 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast