मानव अधिकारसम्बन्धी प्रतिबद्धता पूरा गर्न संवेदनशील छु : प्रधानमन्त्री

हिमाल प्रेस २४ मंसिर २०८० ६:५८ | Sunday, December 10, 2023
मानव अधिकारसम्बन्धी प्रतिबद्धता पूरा गर्न संवेदनशील छु : प्रधानमन्त्री

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालले अनुमोदन गरेका मानवअधिकारसम्बन्धी अन्तरराष्ट्रिय सन्धि, महासन्धिका प्रतिबद्धता पूरा गर्न सरकार निरन्तर क्रियाशील रहेको बताएका छन्।

७५औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसमा शुभकामना दिँदै प्रधानमन्त्रीले जातीय, क्षेत्रीय, लैंगिक तथा परम्परागत विभेदमा कारणलाई सम्बोधन गर्न संविधानमा मौलिक हकको व्यवस्था भए बमोजिम कानुन बनाई मानवअधिकारको प्रत्याभूति दिलाउन सरकार प्रयत्नशील रहेको बताए ।

सरकारले नेपाल पक्ष भएका मानवअधिकारसम्बन्धी अन्तरराष्ट्रिय महासन्धिको दायित्व पूरा गर्दै आइरहेको भन्दै उनले केही बडापत्रमा आधारित र सन्धिजनित समितिमा पेश हुन बाँकी आवधिक प्रतिवेदन साथै विश्वव्यापी आवधिक समीक्षा प्रतिवेदन समयमा नै पेश हुनेमा सरकार दृढ रहेको बताए।

प्रधानमन्त्रीले मानवअधिकार संरक्षणका लागि अहोरात्र खटिने सरकारी तथा गैरसरकारी संयन्त्र, मानवअधिकारको खबरदारी गर्ने मानवअधिकार रक्षक, नागरिक समाज, पत्रकार, कूटनीतिक नियोगलगायत सबैमा शुभकामना व्यक्त गरेका छन्।

प्रकाशित: २४ मंसिर २०८० ६:५८ | Sunday, December 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast