माछापुछ्रे बैंक, नेप्स र सिटीटेकबीच एकीकृत व्यापारी व्यवस्थापन प्रणाली सञ्चालनको लागि सम्झौता

हिमाल प्रेस २ पुष २०८० १७:३० | Monday, December 18, 2023
माछापुछ्रे बैंक, नेप्स र सिटीटेकबीच एकीकृत व्यापारी व्यवस्थापन प्रणाली सञ्चालनको लागि सम्झौता

काठमाडौँ– माछापुछ्रे बैंक लिमिटेड, नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स लिमिटेड (नेप्स) र सिटीटेकले युनिफाइड मर्चेन्ट म्यानेजमेन्ट सिस्टम (एकीकृत व्यापारी व्यवस्थापन प्रणाली) सञ्चालनको लागि त्रिपक्षीय सम्झौता गरेका छन्।

सम्झौतापत्रमा नेप्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सञ्जीव सुब्बा, सिटीटेकका प्रमुख कार्यकारी अधिकृत साजन शर्मा र माछापुछ्रे बैंकका नायब महाप्रबन्धक प्रसिद्धराज अर्यालले हस्ताक्षर गरेका छन्।

नेप्स र सिटीटेकको सहकार्यमा विकास गरिएको ‘गेट पे’ नामक एमएमएस सञ्चालनमा आइसकेपछि छरिएर रहेका विभिन्न भुक्तानी उपकरण र सञ्जाललाई बैंक र व्यापारीले एकीकृत रूपमा व्यवस्थापन गर्न सक्नेछन्।

सम्झौताले व्यापारीहरूको हाल भुक्तानी उपकरण तथा सञ्जालसँग अलगअलग रजिस्ट्रेसन तथा व्यवस्थापन गर्नुपर्ने प्रक्रियालाई सरलीकृत गर्दै एकै प्लेटफर्ममार्फत सो कार्य गर्ने क्षमता प्रदान गर्नेछ।

यसका साथै हाल प्रचलनमा आइरहेका सबै भुक्तानी उपकरण तथा सञ्जाललाई समेटी एकै प्रणालीबाट बैंक तथा व्यापारीलाई सेवा लिन र दिन सहज हुनेछ। कारोबारी र कारोबारसँग सम्बन्धित महत्वपूर्ण डाटाको पहुँच र नियन्त्रण बैंक तथा व्यापारीमा पुग्ने, पटकपटक व्यापारीको रजिस्ट्रेसन र व्यवस्थापन गर्नुपर्ने हालको झन्झटिलो प्रक्रियाको समाधान हुने र व्यापारीहरूलाई बैंकहरूले अझ परिष्कृत सेवा प्रदान गर्न सहज हुनेलगायत विशेषता ‘गेट पे’मा रहेका छन्।

प्रकाशित: २ पुष २०८० १७:३० | Monday, December 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast