माओवादी केन्द्रको पदाधिकारी बैठक आज

हिमाल प्रेस ३ पुष २०८० ६:५६ | Tuesday, December 19, 2023
माओवादी केन्द्रको पदाधिकारी बैठक आज

काठमाडौँ- नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक मंगलबार बस्दैछ। बैठक प्रधानमन्त्रीको निवास बालुवाटारमा अपराह्न ३ बजे बोलाइएको छ।

बैठकमा माघ ११ मा हुने राष्ट्रिय सभा निर्वाचनलाई मुख्य एजेण्डा बनाएको पार्टीका कोषाध्यक्ष तथा मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए।

यस्तै पार्टीले भदौदेखि सञ्चालन गरिरहेको पार्टी रूपान्तरण अभियानको प्रभावबारे पनि बैठकमा छलफल हुनेछ। अभियानको समीक्षाका लागि केन्द्रीय समिति बैठकको मितिबारे पनि कुराकानी हुने ढकालले बताए।

माओवादीले मंसिरमा अभियान समापन र लगत्तै विधान सम्मेलन गर्ने तयारी गरेको थियो। तर, अभियान पुस १६ गतेसम्म लम्ब्याइएपछि सम्मेलनको मिति अनिश्चित भएको छ।

प्रकाशित: ३ पुष २०८० ६:५६ | Tuesday, December 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast