माओवादीले बोलायो पदाधिकारी बैठक

हिमाल प्रेस २ पुष २०८० १८:०२ | Monday, December 18, 2023
माओवादीले बोलायो पदाधिकारी बैठक

काठमाडौँ- नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ। मंगलबार (पुस ३) गते दिउँसो ३ बजे बस्ने गरी बैठक बोलाइएको प्रवक्ता अग्नि प्रसाद सापकोटाले जानकारी दिए।

बैठकमा राष्ट्रियसभा निर्वाचन, पार्टीको विधान सम्मेलन, केन्द्रीय समिति बैठक र समसामयिक राजनीतिका बारेमा छलफल हुने सापकोटाले बताए। बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने तय भएकाे छ।

सापकोटाका अनुसार पार्टीले सञ्चालन गरेको तीन महिने विशेष रुपान्तरण अभियानका बारेमा पनि बैठकमा समीक्षा हुनेछ। माओवादीको सो अभियान पुस १५ गते समापन हुँदैछ।

प्रकाशित: २ पुष २०८० १८:०२ | Monday, December 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast