महिला हिंसासम्बन्धी धेरै कानुन बने पनि कार्यान्वयन भएका छैनन् : उपसभामुख राना

हिमाल प्रेस २५ मंसिर २०८० १७:१० | Monday, December 11, 2023
महिला हिंसासम्बन्धी धेरै कानुन बने पनि कार्यान्वयन भएका छैनन् : उपसभामुख राना इन्दिरा रानामगर। फाइल तस्बिर।

काठमाडौँ– उपसभामुख इन्दिरा रानाले महिलालाई संविधानले दिएको ३३ प्रतिशत प्रत्यक्ष निर्वाचनमा लड्ने अधिकार सुनिश्चित गर्नुपर्ने बताएकी छन्। सोमबार ललितपुरमा आयोजित लैङ्गिक हिंसा सम्बोधनका लागि राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्।

उनले सरकार भनेको सम्पूर्ण जनताहरु भएकाले सबै मिलेर देश विकासमा लाग्नुपर्ने जोड दिइन्। बिल्डिङ र टावर खोल्दैमा विकास भन्न नसक्ने उनको भनाइ थियो। उनले महिला हिंसासम्बन्धी धेरै कानुन बनेका भए पनि कार्यान्वयनको पाटो कमजोर रहेको उल्लेख गरिन्।

प्रकाशित: २५ मंसिर २०८० १७:१० | Monday, December 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast