काठमाडौँ– महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई छुट दिन विभिन्न संस्थासँग सम्झौता गरेको छ। बैंकले स्वास्थ्य संस्था, होटल तथा रेष्टुरेन्टलगायत क्षेत्रका संस्थासँग छुट सम्झौता गरेको हो।
सम्झौता भएका संस्थामा छुट पाउनको लागि ग्राहकले महालक्ष्मी विकास बैंकका डेबिट अथवा क्रेडिटकार्ड, मोबाइल बैंकिङलगायतबाट भुक्तानी गर्नुपर्नेछ। बैंकले सम्झौता गरेका संस्थामा ४ देखि १५ प्रतिशतसम्म छुटको व्यवस्था छ।
प्रकाशित: ११ पुष २०८० १५:२७ | Wednesday, December 27, 2023
प्रतिक्रिया



