मध्यरातमा बारामा ट्रक र बस ठोक्किँदा ३ को मृत्यु, २७ घाइते

हिमाल प्रेस ४ पुष २०८० ८:५९ | Wednesday, December 20, 2023
मध्यरातमा बारामा ट्रक र बस ठोक्किँदा ३ को मृत्यु, २७ घाइते

बारा- बारामा बस र ट्रक दुर्घटनामा पर्दा तीनजनाको मृत्यु भएको छ। बारा प्रहरी कार्यालयका अनुसार मंगलबार राति साढे २ बजेतिर पूर्वबाट आएको यात्रुवाहक बससँग पश्चिमबाट पूर्व जाँदै गरेको ट्रक दुर्घटना हुँदा बसमा सवार तीनजनाको मृत्यु भएको हो।  घटनामा २७ जना घाइते भएका छन्।

काँकडभिट्टाबाट काठमाडौँका लागि गुडेको बा ३-००१ ख २५८७ नम्बरको बस र हेटौँडाबाट पथलैयातर्फ जाँदै गरेको ना ७ ख ७३०० नम्बरको ट्रक बाराको अमलेखगन्जमा एक आपसमा ठोक्किएका थिए।

बारा प्रहरी कार्यालयका डीएसपी दधिराम न्यौपानेका अनुसार दुर्घटनामा परी ट्रक चालक तनहुँ घर भएका २८ वर्षीय पूर्ण गुरुङ, मकवानपुर हेटौँडाका बस चालक ४० वर्षीय हरि शमशेर सुयाल थापा र अर्का सनाखत हुन नसकेका एक पुरुषको मृत्यु भएको बारा प्रहरीले जनाएको छ।

उनीहरूको हेटौँडा सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर रहेकोले उपचारका लागि हेटौडा तथा चितवन मेडिकल कलेज पठाइएको र अन्य २० जना सामान्य घाइतेको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित: ४ पुष २०८० ८:५९ | Wednesday, December 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast