मधेशकै आडमा कांग्रेस बलियो भएको छ : महामन्त्री शर्मा

हिमाल प्रेस ५ पुष २०८० १७:१६ | Thursday, December 21, 2023
मधेशकै आडमा कांग्रेस बलियो भएको छ : महामन्त्री शर्मा

काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मधेश कांग्रेस साथमा उभिएपछि कांग्रेस बलियो भएको बताएका छन्। बिहीबार धनुषामा कांग्रेस मधेश प्रदेश सम्मेलन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।

उनले भने, ‘मधेश कांग्रेस साथमा उभिएपछि कांग्रेस बलियो भएको छ। कांग्रेसले पनि मधेशलाई साथ दिएको छ।’ कांग्रेसले मधेशलाई विश्वासमा लिएर जाने प्रयास गरेको बताउँदै महामन्त्री शर्माले कांग्रेसले प्रदेशलाई प्राथमिकता दिएकोबताए। ‘कांग्रेसले पहिला राष्ट्रपतिका रुपमा मधेशका रामवरण यादवलाई शितल निवास पठायो। कांग्रेस मधेशको पनि कुरा गर्छ। पहाडको पनि कुरा गर्छ। पहाडको पानीले मधेश सिञ्चित गर्नुपर्छ।’

उनले मधेशको सामाजिक विकृति र विसंगतिविरुद्ध युवा जुरुक्क उठ्नुपर्नेमा समेत जोड दिए। शर्माले मधेशको आत्मासम्मानमा कांग्रेस सतिशाल भएर उभिने समेत बताए। उनले भने, ‘मधेश मुस्कुराउनु पर्छ। मुस्कुराउँदा दागरहित मुहारमा मधेश मुस्कुराउनुपर्छ।’

प्रकाशित: ५ पुष २०८० १७:१६ | Thursday, December 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast