मधेशका मुख्यमन्त्रीविरुद्ध खनिए कांग्रेस सहमहामन्त्री यादव

हिमाल प्रेस ५ पुष २०८० १७:०३ | Thursday, December 21, 2023
मधेशका मुख्यमन्त्रीविरुद्ध खनिए कांग्रेस सहमहामन्त्री यादव

काठमाडौँ– नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले गठबन्धनको मर्मविपरीत मनपरी गरेको आरोप लगाएका छन्। धनुषाधाममा बिहीबारदेखि सुरु कांग्रेसको मधेश प्रदेश कार्यसमितिको सम्मेलनलाई सम्बोधनका क्रममा यादवले मधेशका मुख्यमन्त्री आफूखुसी चलेको बताएका हुन्।

‘मधेश प्रदेशका मुख्यमन्त्री गठबन्धन अनुसार चलेका छैनन्। गठबन्धनका नाममा तपाईं जे गर्नुहुन्छ, हामी टुलुटुलु हेरेर बस्दैनौँ’, उनले भने, ‘मधेशका मुख्यमन्त्री गठबन्धन अनुसार चलेनन्। गठबन्धनको सरकार छ, तर बारामा कांग्रेस कार्यकर्ताको हत्या हुँदा पनि रमिते बने। कांग्रेसका कुनै कार्यकर्तालाई पञ्चायतमा हत्या हुँदा पनि सहँदैन थियौँ, अहिले पनि सहँदैनौँ।’

उनले जसपा नेतासमेत रहेका मुख्यमन्त्री यादवलाई गठबन्धनको मर्मअुनसार अघि बढ्न चेतावनी पनि दिए। ‘तपाईंको १६ सिट मात्रै छ। त्यसै ख्याल गरेर अघि बढ्नुस्’, उनले भने, ‘गठबन्धन कसरी चलाउने हाम्रा सभापति शेरबहादुर देउवाबाट सिक्नुस्।’

प्रकाशित: ५ पुष २०८० १७:०३ | Thursday, December 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast