 
                             
                                            काठमाडौँ– थापागाउँस्थित मण्डला थिएटरमा नाटक ‘पगला घोडा’ मञ्चन हुने भएको छ। निर्माण टिमले नाटकको पोस्टर सार्वजनिक गर्दै पुस १२ गतेदेखि नाटक मञ्चन हुने जनाएकाे हो।
भारतीय चर्चित नाटककार बादल सरकारको कथा रहेको नाटकको नेपाली अनुवाद शिव खाँड ठकुरीले गरेका हुन्। भने आलेख सुपरिवेक्षकको रूपमा कलाकार आशान्त शर्मा छन्। नाटककाे परिकल्पना र निर्देशन घनश्याम श्रेष्ठले गरेका छन्।
नाटकमा पछिल्लो समय बढ्दो आत्महत्याको विषयमाथि सचेतना गराउने प्रयास गरिएको निर्माण टिमले जनाएको छ। माघ ६ गते सम्म मञ्चन हुने नाटकमा प्रमोद अग्रहरी, मलिका महत, आशान्त शर्मा, विजय ताम्राकार, बिम्ब अधिकारीलगायत कलाकारको अभिनय रहनेछ।
सोमबार बाहेक साताको प्रत्येक दिन बेलुका पाँच बजे नाटक मञ्चन हुनेछ। शनिबार भने दिउँसो साढे एक बजेको अतिरिक्त शो पनि हुने बताइएको छ।
सुष्मा कोइरालाको सहायक निर्देशन रहेको नाटकको स्टेज म्यानेजरको रूपमा शंकर भण्डारी छन्। नाटक थिएटर आकारको प्रस्तुतिमा मञ्चन हुन लागेको हो।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 