मण्डलामा नाटक ‘गुलाफ’: यशोधराको जागरण यात्रा [फोटो फिचर]

दिपेश श्रेष्ठ १२ पुष २०८० १८:०८ | Thursday, December 28, 2023
मण्डलामा नाटक ‘गुलाफ’: यशोधराको जागरण यात्रा [फोटो फिचर]

काठमाडौँ– मण्डला थिएटरमा नाटक ‘गुलाफ’ यशोधराको जागरण यात्रा रामहरी ढकालको परिकल्पना तथा निर्देशनमा पुस ११ गतेबाट मञ्चन भएको छ। सिद्धार्थ गौतमले राज्य, दरबार, नाबालक पुत्र र स्वयंलाइ छोडेर गएपछि पत्नी यशोधराको मनमा उब्जिएका उतारचढाव युक्त विचार र र मनोविज्ञानलाई गुलाफ नाटकले प्रस्तुत गरेको छ। नाटकमा कलाकार दीया मास्के र सरिता साहको अभिनय रहेको छ।

कलाकार मास्केको भनाइमा नाटकमा ‘दैहिक अभिव्यक्तिका माध्यमबाट यशोधरालाई महसुस गर्ने प्रयत्न गरेका छौँ। शब्द आश्रितभन्दा दैहिक अभिव्यक्तिको यात्रा जटिल छ तर उत्तिकै रोमाञ्चकारी पनि। ‘गुलाफ‘ यशोधराको जीवन दर्शनसँगै उनको अन्तर्विरोधलाई चिहाउने आँखीझ्याल हो, अलग कोणबाट कथा भन्ने प्रयत्न पनि हो।’

परिकल्पनाकार ढकालका अनुसार दृश्यहरूले नै कथा बोल्नेछन्। ‘फिजिकल थिएटर’ शैलीलाई अभ्यास गरिएको संवाद नभएको नाटक गुलाफ पुस २२ गतेसम्म सोमबारबाहेक हरेक दिन साँझ ४ बजे र शनिबार दिउँसो १ बजे अतिरिक्त ‘शो’सहित मञ्चन हुने छ।

प्रकाशित: १२ पुष २०८० १८:०८ | Thursday, December 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast