भ्रष्टाचार नियन्त्रण भएमात्रै संघीयताको सफल कार्यान्वयन हुन्छ : शेखर कोइराला

हिमाल प्रेस १० पुष २०८० १८:४२ | Tuesday, December 26, 2023
भ्रष्टाचार नियन्त्रण भएमात्रै संघीयताको सफल कार्यान्वयन हुन्छ : शेखर कोइराला डा.शेखर कोइराला

मोरङ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संघीयतालाई सफल कार्यान्वयन गर्न भ्रष्टाचार नियन्त्रण हुनुपर्ने बताएका छन्।

बुढीगंगा गाउँपालिका-२, साक्माहास्थित लिलाभक्ता राम आधारभूत विद्यालयको नवनिर्मित भवन र अभिभावक दिवसको आज (मंगलबार) उद्घाटन गर्दै उनले मुलुकलाई समृद्धितर्फ लैजान राजनीतिक दलहरूले भ्रष्टाचार नियन्त्रण, सुशासन कायम गरी जनतामा गणतन्त्र एवं संघीयतालाई चुस्तदुरुस्त बनाउन प्रतिबद्ध हुनुपर्नेमा जोड दिए।

नेता कोइरालाले चालु आर्थिक वर्षको ६ महिनामा विकास खर्च १० देखि ११ प्रतिशतसम्म मात्र भएकामा चिन्ता व्यक्त गर्दै यसमा आवश्यक सुधार गर्न सरकार गम्भीर हुनुपर्ने विचार राखे। उनले युवाहरुको विदेश पलायन हुने कार्य अन्त्यका लागि राज्यले निजी क्षेत्रलाई उद्योग स्थापनामा प्रोत्साहन गर्न आवश्यक नीति नियममा संशोधन गर्नुपर्ने सुझाव दिए।

कोइरालाले विद्यालयलाई कक्षा १० सम्म सञ्चालन गर्नका साथै विद्यार्थीलाई स्वआर्जनका लागि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) बाट सम्बन्धनका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। रासस

प्रकाशित: १० पुष २०८० १८:४२ | Tuesday, December 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast