भीम रावल निकट खत्री सुदूरपश्चिम प्रदेश सम्पर्क कमिटी अध्यक्षमा निर्वाचित

हिमाल प्रेस १० पुष २०८० २०:०६ | Tuesday, December 26, 2023
भीम रावल निकट खत्री सुदूरपश्चिम प्रदेश सम्पर्क कमिटी अध्यक्षमा निर्वाचित

काठमाडौँ- नेकपा एमाले सुदूरपश्चिम प्रदेश सम्पर्क कमिटीको दोस्रो सम्मेलनले पूर्व उपाध्यक्ष भीम रावल निकट सुरत खत्रीलाई अध्यक्षमा निर्वाचित गरेको छ। सोमबार पार्टीको केन्द्रीय कार्यालय च्यासलमा सम्पन्न निर्वाचनमा निवर्तमान सचिव रोसन देव पन्त र सुरत खत्रीबीच निर्वाचन भएको थियो।

उपाध्यक्षमा वीरसिंह धामी, सचिवमा इन्जिनियर खगेन्द्रकुमार साउद, उपसचिवमा पार्वती कडायत र नरेश धमेना निर्विरोध निर्वाचित भएका छन्।

त्यस्तै सदस्यहरूमा रुपेश साउद, सत्यकुमारी कुँवर, दीपेन्द्र सिंह ऐरी, किरण सिंह विष्ट, उर्मिला साउद, सिङ्गलाल बोहरा, दिनेशबहादुर धामी, नवराज श्रेष्ठ, पालुराम चौधरी, नविनराज गिरी, कर्णसिंह विष्ट, पवित्रा साउद, गीता महर, कुन्तिदेवी धामी र रमा कुँवर निर्विरोध निर्वाचित भएका छन्।

प्रकाशित: १० पुष २०८० २०:०६ | Tuesday, December 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast