काठमाडौँ- भक्तपुरमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ। काभ्रेको रोशी गाउँपालिका-१० घर भई गठ्ठाघर बस्ने २३ वर्षीय स्कुटर चालक विशाल मैनालीको मृत्यु भएको हो।
मैनाली चढेको बा ९२ प ५५३१ नम्बरको स्कुटरलाई शुक्रबार राति पौने ११ बजे सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र अगाडि बा४ख २३४७ नम्बरको टिपरले ठक्कर दिएको थियो।
टिपरको ठक्करबाट गम्भीर घाइते मैनालीको राति ११ बजे मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ। टिपर चालक धादिङका सुरेश तामाङलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।
प्रकाशित: ३० मंसिर २०८० ११:२५ | Saturday, December 16, 2023
प्रतिक्रिया



