बोलीले होइन कामबाट नतिजा खोजौँ : कानुनमन्त्री गुरुङ

हिमाल प्रेस १२ पुष २०८० १४:०३ | Thursday, December 28, 2023
बोलीले होइन कामबाट नतिजा खोजौँ : कानुनमन्त्री गुरुङ

स्याङ्जा- कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले नेतृत्वको बोलीबाट नभई नागरिकले कामबाट परिवर्तन खोजेको बताएका छन्।

स्याङ्जाको चापाकोट नगरपालिकाले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरको आज बिहान चापाकोट–६ मोहमीस्थित साँखर स्वास्थ्य चौकीमा आयोजित कार्यक्रममा उनले भने, ‘बोलीबाट नभई नागरिकलाई कामबाट नतिजा दिनुपर्छ’, उनले भने, ‘नेतृत्वको परीक्षण कामको मूल्यांकनबाट गर्ने भएकाले परिणाम आउने गरी काममा ध्यान दिनु जरुरी छ।’

छोटो सम्बोधन गरेका मन्त्री गुरुङले स्थानीय सरकारका रूपमा चापाकोट नगरपालिकाले गाउँगाउँका नागरिकलाई लक्षित गरी वडावडामा विशेषज्ञसहितको स्वास्थ्य सेवाको पहुँच पुर्‍याएर नागरिकको स्वास्थ्यप्रति सचेत रहेको बताए।

स्याङ्जाको चापाकोट नगरपालिकाले प्रत्येक वडामा पुगेर नागरिकको स्वास्थ्य परीक्षण गर्न सुरु गरिएको छ। नगरवासीलाई आफ्नै ठाउँमा आधारभूत स्वास्थ्य सेवाको पहुँच पुर्‍याउने मुख्य उद्देश्यसहित आजबाट निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको नगरप्रमुख देवबहादुर खाणले बताए।

आज वडा नं ६ को साँखर स्वास्थ्य चौकीबाट सुरु भएको स्वास्थ्य शिविर पुस २७ गते वडा नं ९ को चापाकोट अस्पतालमा आएर सकिने छ। वडामा रहेका स्वास्थ्य चौकी तथा स्वास्थ्य सेवा केन्द्रबाट चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोलीले सेवा दिने भएको हो।

शिविरमा विशेषगरी निःशुल्क स्वास्थ्य जाँच, भिडियो एक्सरे, ईसीजी, परिवार नियोजन, आँखा परीक्षण, दन्त परीक्षण, प्रयोगशाला र पाठेघरको मुखको क्यान्सर परीक्षण गरिने भएको हो।

प्रकाशित: १२ पुष २०८० १४:०३ | Thursday, December 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast