बीवाईडीद्वारा ११ स्थानमा फास्ट चार्जिङ जडान

हिमाल प्रेस २६ मंसिर २०८० १४:१७ | Tuesday, December 12, 2023
बीवाईडीद्वारा ११ स्थानमा फास्ट चार्जिङ जडान

काठमाडौँ– बीवाईडी अटो इन्डस्ट्रीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रालिले देशका विभिन्न स्थानमा फास्ट चार्जिङको स्थापना गरेको छ। कम्पनीले ११ मुख्यमुख्य स्थानमा डीसी फास्ट चार्जर जडान गरेको हो।

कम्पनीले पोखरा, नेपालगञ्ज, बुटवल, विराटनगर, जनकपुर, नारायणघाट, अनामनगर, मुलकोट, बिर्तामोड, नक्साल र गुह्येश्वरीमा चार्जर राखेको छ। यी चार्जरमध्ये १० वटा चार्जरले ३० किलोवाटको पावर आउटपुट दिन्छन् भने मुलकोटमा जडित चार्जरले भने ६० किलोवाटको फास्ट चार्जर हो।

कम्पनीले यसअघि ४० किलोवाटका १४ फास्ट चार्जर जडान गरेको थियो। विद्युतीय सवारी साधनको बढ्दो मागलाई सम्बोधन गर्न कम्पनीले चार्जर जडानलाई प्राथमिकता दिएको छ। कम्पनीले एक महिनाभित्र थप ४ चार्जर जडान गर्ने लक्ष्य राखेको छ।

बीवाईडी अट्टो थ्रीका लागि ८८ किलोवाटसम्मको डीसी फास्ट चार्जिङको प्रयोग गर्न सकिन्छ। डल्फिनमा ६० किलोवाटसम्मको चार्ज दिन सकिन्छ। यसले ३० देखि ४५ मिनेटमा बीवाईडी विद्युतीय साधनहरुलाई ८० प्रतिशतसम्म चार्ज गर्न सकिने छ।

प्रकाशित: २६ मंसिर २०८० १४:१७ | Tuesday, December 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast