बालुवाटारमा तीन दलका नेताबीच छलफल सुरु

हिमाल प्रेस ९ पुष २०८० १७:३१ | Monday, December 25, 2023
बालुवाटारमा तीन दलका नेताबीच छलफल सुरु

काठमाडौँ- प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रमुख दलका नेताहरूबीच छलफल सुरु भएको छ। प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा केही बेरअघिबाट छलफल सुरु भएको हो।

बैठकमा संक्रमणकालीन न्यायसम्बन्धी विधेयकका बारेमा छलफल हुनेछ। सम्भवत:दलहरुबीच उक्त विधेयकमा आजै सहमति गरिने बताइएको छ। बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायत नेताहरू जुटेका हुन्।

उक्त छलफलमा नेपाली कांग्रेसका उपसभापतिद्वय पूर्णबहादुर खड्का, धनराज गुरुङ र नेता राधेश्याम अधिकारी पनि सहभागी छन्। अधिकारी कानुनविद् पनि हुन्। एमालेबाट संसदीय दलका सचेतक महेश बर्तौला र नेता अग्नि खरेल पनि बालुवाटार पुगेका छन्। खरेल पनि कानुनविद् हुन्।

उता माओवादी केन्द्रबाट उपमहासचिव वर्षमान पुन, प्रमुख सचेक हितराज पाण्डे र अर्का नेता खिमलाल देवकोटा पनि छलफलमा सहभागी भएका छन्। देवकोटा पनि कानुनविद हुन्।

यो बाहेक दलहरूबीच दाहाल नेतृत्वको सरकार बनेको एक वर्षको अवधिमा भएका कामको विषयमा पनि छलफल हुने बताइएको छ। त्यस्तै आसन्न राष्ट्रियसभा निर्वाचनबारे पनि छलफल हुनेछ।

प्रकाशित: ९ पुष २०८० १७:३१ | Monday, December 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast