बालविकास शिक्षक भोजपुर जिल्ला समितिमा सदस्यहरू मनोनीत

हिमाल प्रेस ४ पुष २०८० ११:३८ | Wednesday, December 20, 2023
बालविकास शिक्षक भोजपुर जिल्ला समितिमा सदस्यहरू मनोनीत

काठमाडौँ- नेपाल बालविकास शिक्षक भोजपुरले पहिलो भेला आयोजना गरेको छ। जिल्ला भेलामार्फत जिल्ला समितिमा सदस्यहरू मनोनीत गरिएको छ।

गत हप्ता (मंसिर ३० गते) बालविकास शिक्षक मिरा दाहालकाे अध्यक्षता तथा बालविकास शिक्षक केन्द्रीय पदाधिकारी अम्बिका सुवेदीको प्रमुख आतिथ्यतामा भोजपुर जिल्ला समितिमा सदस्यहरू मनोनीत गरिएको हो।

भेलामा उपस्थित बालशिक्षकहरूले पेसागत समस्या समाधानको निम्ति कटिबद्ध भएर लाग्ने र बालविकास शिक्षक केन्द्रीय संघर्ष समितिलाई साथ दिने बताए। भेलामा ५० जना बढी बालशिक्षक उपस्थित थिए।

प्रकाशित: ४ पुष २०८० ११:३८ | Wednesday, December 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast