बालकुमारी घटना : गोली चलाउने अधिकारी र मन्त्रीका पीएसओ निलम्बित

मृतकका परिवारलाई राहत दिन मन्त्रिपरिषद् बैठक बस्दै

हिमाल प्रेस १४ पुष २०८० १३:५७ | Saturday, December 30, 2023
बालकुमारी घटना : गोली चलाउने अधिकारी र मन्त्रीका पीएसओ निलम्बित तस्बिर सौजन्य उमेश श्रेष्ठको फेसबुकबाट

काठमाडौँ- सरकारले बालकुमारी घटनामा संयमता कायम नगरेको भन्दै सातदोबाटोका प्रमुख प्रहरी नायब उपरीक्षक उमेश लम्साल र मन्त्री प्रकाश ज्वालाका पीएसओ प्रहरी नायब निरीक्षक बोधराज दनुवारलाई निलम्बन गरेको छ।

यस्तै ईपीएस शाखा प्रमुख निर्देशक गुरूदत्त सुवेदीलाई हटाउने निर्णय गरेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जानकारी दिएका छन्। आज बिहान बसेको सुरक्षा अधिकारीहरूको बैठकले सोही निर्णय गरेको हो।

प्रधानमन्त्रीले गोली चलाउने जथाभाबी आदेश दिएकाले सुरक्षा अधिकारीको निलम्बन गरिएको र सुरक्षा अपनाउन नसकेको भन्दै मन्त्रीका पीएओलाई निलम्बन गरेको बताएका छन्। यस्तै सुझबुझ पूर्ण ढंगले ईपीएस प्रमुखले निर्णय नलिँदा घटना भड्किएको प्रधानमन्त्रीले बताएका छन्।

शुक्रबार ईपीएसमा आवेदन दिनुपर्ने माग राख्दै युवाहरूले आन्दोलन गरेका थिए। आन्दोलनका क्रममा मन्त्रीको गाडी चलाएका थिए। साथै घटनालाई शान्त बनाउन प्रहरीले गोली चलाउँदा दुई युवाको ज्यान गएको थियो।

प्रधानमन्त्रीले युवाको परिवारलाई राहत दिनका लागि अहिले २ बजे मन्त्रिपरिषद् बैठक राखेको जानकारी दिएका छन्।

प्रकाशित: १४ पुष २०८० १३:५७ | Saturday, December 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast