ललितपुरको बालकुमारीमा शुक्रबार भागभाग गर्दै आन्दोलनकारी। तस्बिर : रासस
काठमाडौँ- बालकुमारीमा घटेको घटनाका सम्बन्धमा छलफल गर्न प्रधानमन्त्रीले बैठक बोलाएका छन्।
बैठकमा गठबन्धन दलका नेताहरू, उपप्रधानमन्त्रीहरू, सरकारी उच्च पदस्थ कर्मचारी र सुरक्षा प्रमुखहरू सहभागी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
शुक्रबार ईपीएस परीक्षामा आवेदन दिन पाउनु पर्ने भन्दै आक्रोशित युवाहरू र प्रहरीबीच दोहोरो हमला हुँदा दुई युवा मारिएका थिए। साथै भौतिक पूर्वाधार तथा यातायात मन्त्री सवार गाडी पनि आक्रोशित युवाले जलाएका थिए। यही विषयमा छलफल गर्न प्रधानमन्त्रीले बैठक डाकेका हुन्।
युवाको मृत्युसँगै प्रहरी प्रशासनको व्यापक आलोचना भइरहेको छ।
प्रकाशित: १४ पुष २०८० ९:३९ | Saturday, December 30, 2023
प्रतिक्रिया





