तस्बिर सौजन्य उमेश श्रेष्ठको फेसबुकबाट
काठमाडौँ- ललितपुरको बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला सवार गाडीमाथि आगजनी गरिएको छ। रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका विद्यार्थीले मन्त्री सवार बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी गरेका हुन्।
उक्त गाडी भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले प्रयोग गरेका थिए । मन्त्री र पीएसओलाई गाडीबाट बाहिर निकालेर प्रदर्शनकारीले गाडीमा आगो झोसेका थिए ।

प्रकाशित: १३ पुष २०८० १२:५७ | Friday, December 29, 2023
प्रतिक्रिया





