बारामा झडप एक जनाको मृत्यु, १० प्रहरी घाइते

हिमाल प्रेस २७ मंसिर २०८० १८:२५ | Wednesday, December 13, 2023
बारामा झडप एक जनाको मृत्यु, १० प्रहरी घाइते

काठमाडौँ- बारामा प्रमुख प्रशासकीय अधिकृतलाई हाजीर गराउने विषयमा भएको झडप घाइते भएका एक जनाको मृत्यु भएको छ। हुलदंगा गरेको भन्दै नियन्त्रणमा लिने क्रममा प्रहरीको गोली लागेर घाइते भएका एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको परिचय खुलिसकेको छैन।

सिम्रौनगढ नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउने विषयमा विपक्षी समूह तथा अनसनमा बसेका व्यक्तिहरूले एक्कासी ढुङ्गा मुढा हानाहान भएको थियो। विपक्षी समूहले नगरपालिकाको गाडी तथा भवनमा तोडफोड गरेपछि प्रहरी टोली परिचालन गरिएको थियो।

सो क्रममा प्रहरीमाथि नै आक्रमण हुन थालेपछि स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले अश्रु ग्यास तथा हवाई फायरसमेत  गरेको थियो। घाइते प्रहरीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित: २७ मंसिर २०८० १८:२५ | Wednesday, December 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast