बागमती प्रदेश प्रमुख शर्मा अस्पताल भर्ना

हिमाल प्रेस २४ मंसिर २०८० १९:२८ | Sunday, December 10, 2023
बागमती प्रदेश प्रमुख शर्मा अस्पताल भर्ना

मकवानपुर-  बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मा अस्वस्थ भई अस्पतालमा भर्ना भएका छन्। उनलार्ई शनिबार बिहानदेखि ज्वरो आएपछि आज (आइतबार) अस्पताल भर्ना भएका हुन्।

प्रदेश प्रमुख शर्माका प्रमुख स्वकीय सचिव पारसमणि फुयाँलका अनुसार शर्माको काठमाडौँको हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पताल चावहिलमा उपचार भइरहेको छ। स्वास्थ्य परीक्षणका क्रममा उनलाई निमोनिया पनि देखिएको फुयाँलले जानकारी दिए।

उपचारत प्रदेश प्रमुख शर्माको अहिले स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उनको निजी सचिवालयले जनाएको छ। प्रमुख शर्मालाई केही दिन अस्पतालमै राखेर उपचार गर्नुपर्ने अस्पतालले जनाएको छ।

प्रकाशित: २४ मंसिर २०८० १९:२८ | Sunday, December 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast