बाक्लो हुस्सुले तराईका विमानस्थलमा उडान प्रभावित

हिमाल प्रेस १४ पुष २०८० १४:४९ | Saturday, December 30, 2023
बाक्लो हुस्सुले तराईका विमानस्थलमा उडान प्रभावित फाइल तस्बिर

काठमाडौँ-  प्रतिकूल मौसमका कारण भैरहवासहित तराईका चार विमानस्थलको उडान प्रभावित भएको छ।

तराई क्षेत्रमा लागेको बाक्लो हुस्सुका कारण ‘भिजिबिलिटी’ कमजोर हुँदा त्यस क्षेत्रको हवाई उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ।

विमानस्थलका प्रवक्ता सुवास झाले बाक्लो हुस्सु तथा कुहिरोका कारण तराईका विमानस्थलहरू सिमरा, जनकपुर, भरतपुर र भैरहवाको उडान प्रभावित भएको हो।

ती चार विमानस्थलमा आज पनि कुनै उडान भएनन्। भैरहवा विमानस्थलमा हिजो शुक्रबार पनि कुनै आन्तरिक उडान भएन।

शुक्रबार नै प्रतिकूल मौसमका कारण धेरैजसो विमान कम्पनीले निर्धारित उडान रद्द गरेका थिए। विशेषगरी हिउँदमा तराईका विमानस्थलमा बाक्लो हुस्सु लाग्नाले आन्तरिक उडान प्रभावित हुने गरेको छ।

प्रकाशित: १४ पुष २०८० १४:४९ | Saturday, December 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast