बल्खुमा महिलाको हत्या आरोपित ७ वर्षपछि पक्राउ

हिमाल प्रेस ५ पुष २०८० १६:२६ | Thursday, December 21, 2023
बल्खुमा महिलाको हत्या आरोपित ७ वर्षपछि पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले काठमाडौँको बल्खुमा ७ वर्षअघि एक महिलाको हत्या गरी फरार रहेका एक जनालाई काठमाडौँबाट पक्राउ गरेको छ। २०७४ पुस ३० गते बल्खु भुवनेश्वर मन्दिर पछाडि ज्यामी काम गर्ने अप्सरा भन्ने नारायणी तिमिल्सिनाको हत्या गर्ने एक जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले बिहीबार पत्रकार सम्मेलन गर्दै घटनामा संलग्न अर्घाखाँचीको शितगंगा नगरपालिका–१४ घर भएका जगत विश्वकर्मा र मुख्य योजनाकार धादिङ घर भएका ४६ वर्षका शिवराम अधिकारीलाई सार्वजनिक गरेको हो।

अधिकारी भने यसअघि नै चोरीको घटनामा कारागारमा रहेका थिए। घटनाको अनुसन्धानबाट अधिकारी हत्याको मुख्य योजनाकार रहेको खुलेको अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए।

प्रहरीका अनुसार मृतक अप्सरासँगको चिनजानका क्रममा शिवरामले बल्खु क्षेत्रमा बोलाएर हत्यार गरेका थिए। हत्यापछि अप्सराले लगाएको सुन र खल्तीमा भएको केही नगद निकालेर फरार भएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

प्रकाशित: ५ पुष २०८० १६:२६ | Thursday, December 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast