बझाङ केन्द्र भएर भूकम्प

हिमाल प्रेस १५ पुष २०८० ९:२१ | Sunday, December 31, 2023
बझाङ केन्द्र भएर भूकम्प भूकम्प प्रभावित भवन।

काठमाडौँ- बझाङ केन्द्र भएर भूकम्प गएको छ। आइतबार बिहान ६ बजेर ४५ मिनेटमा बजाङको काँडा केन्द्र भएर भूकम्प गएको हो।

भूकम्पको तीव्रता ३.४ रेक्टरस्केल मापन भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। भूकम्पको धक्का बझाङसहित बैतडी, दार्चुला, बाजुरा, अछाम, डेडेलधुरा र डोटी लगायत पहाडी जिल्लामा महसुस गरिएको स्थानीयहरुले बताएका छन्।

यसअघि गत असोज १६ गते बझाङ नै केन्द्र भएर ५.३ रेक्टर स्केलको भूकम्प जाँदा १ जनाको मृत्यु हुनुका साथै ठूलो मात्रामा भौतिक संरचनामा क्षति पुगेको थियो। त्यसयता बजाङ केन्द्र भएर दर्जनौं भूकम्पका धक्का महसुस भएका छन्।

पछिल्लो समय पश्चिम नेपालका अन्य जिल्लामा पनि भूकम्प गइरहेका छन्। गत कात्तिक १७ गते जाजरकोट केन्द्र भएर गएको भूकम्पबाट ठूलो मात्रामा जनधनको क्षति भएको थियो।

प्रकाशित: १५ पुष २०८० ९:२१ | Sunday, December 31, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast