काठमाडौँ– फूड डेलिभरी कम्पनी फूडमान्डुले नयाँ वर्ष २०२४ लाई लक्षित गर्दै न्यू इयर फिस्ट अफर ल्याएको छ। यस अफरअन्तर्गत काठमाडौँका ४० वटाभन्दा बढी रेस्टुरेन्टको पूरै मेनुमा ३० प्रतिशतसम्म छुट प्रदान गरिने कम्पनिले जनाएको छ।
यसका साथ साथै ग्राहकहरूले हरेक दिन फरकफरक डिस्काउन्ट भौचर कोड पनि प्राप्त गर्न सक्नेछन्। उक्त भौचर कोड फूडमान्डुको एप र फूडमान्डुको फेसबुक पेजमार्फत प्राप्त गर्न सकिने छ।
यसबारे बोल्दै फूडमान्डुका ब्राण्ड एण्ड मार्केटिङ मेनेजर इनेशा भट्टराईले यस अफरको भरपुर फाइदा लिँदै ग्राहकले नयाँ वर्ष विशेष रूपमा मनाउने विश्वास व्यक्त गरिन्।
माघ १७ गतेसम्म लागु हुने यस अफरबाट लाभ लिनको लागि फूडमान्डुुको वेबसाइट वा फूडमान्डुको एपमार्फत फूड अर्डर गर्न सकिने छ।
प्रकाशित: १५ पुष २०८० १२:४३ | Sunday, December 31, 2023
प्रतिक्रिया



