फर्निचर व्यवसायलाई प्रोत्साहन गर्न तयारी सामानमा बढी भन्सार लगाउने सरकारको नीति छ : अर्थमन्त्री

हिमाल प्रेस १४ पुष २०८० १८:२४ | Saturday, December 30, 2023
फर्निचर व्यवसायलाई प्रोत्साहन गर्न तयारी सामानमा बढी भन्सार लगाउने सरकारको नीति छ : अर्थमन्त्री फाइल तस्बिर

काठमाडौँ- अर्थमन्त्री डा.प्रकाशशरण महतले फर्निचर व्यवसाय आर्थिक क्रियाकलापको महत्त्वपूर्ण क्षेत्र भएको बताएका छन्।

काठमाडौंमा शनिबार नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघको नवौं वार्षिक साधारणसभा तथा पाँचौ महाधिवेशनको उद्घाटन गर्दै मन्त्री महतले आर्थिक क्रियाकलापको महत्त्वपूर्ण व्यवसायलाई प्रोत्साहन गर्न सरकार कटिबद्ध रहेको बताए।

नेपालमा ४५ प्रतिशत जमिनमा वनजंगल भएर पनि विदेशबाट फर्निचर आयात गर्नुपर्ने अवस्था सुखद नभएको अर्थमन्त्री डा.महतले बताए। उनले फर्निचर व्यवसायलाई प्रोत्साहन गर्न तयारी सामानमा बढी भन्सार लगाउने नीति लिइएको दाबी गरे।

स्वदेशी उद्योगलाई संरक्षण गर्ने सरकारको नीति रहने भन्दै उनले ऐन, नियम र कानुनले फर्निचर उद्योगमा देखिएको समस्या समाधान गर्न सरकार लागेको बताए।

प्रकाशित: १४ पुष २०८० १८:२४ | Saturday, December 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast