प्रधानमन्त्री कार्यालयको ६८ वटा दरबन्दी कटौती गर्ने सरकारको निर्णय

हिमाल प्रेस १२ पुष २०८० १७:३५ | Thursday, December 28, 2023
प्रधानमन्त्री कार्यालयको ६८ वटा दरबन्दी कटौती गर्ने सरकारको निर्णय फाइल तस्बिर

काठमाडौँ- सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत ६८ जना कर्मचारीको दरबन्दी कटौती गर्ने निर्णय गरेको छ।

आज बिहीबार बसेको मन्त्रिपरिषद्‌ बैठकले कार्यालयको पुनर्संरचनासहितको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) स्वीकृत गर्दै ६८ वटा दरबन्दी कटौतीको निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन्।

उनले भनिन्, ‘अब त्यहाँका कर्मचारी अन्यत्र खट्ने छन्। यो निर्णयसँगै प्रधानमन्त्री कार्यालयको पुनर्संरचना पनि सुरु भएको छ।’

प्रकाशित: १२ पुष २०८० १७:३५ | Thursday, December 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast