प्रदेशका मुख्यमन्त्रीहरूले बुझाए प्रधानमन्त्रीलाई ज्ञापनपत्र

हिमाल प्रेस १४ पुष २०८० ९:२० | Saturday, December 30, 2023
प्रदेशका मुख्यमन्त्रीहरूले बुझाए प्रधानमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौँ- प्रदेशका मुख्यमन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संघीयता कार्यान्वयनमा गम्भीर बन्न आग्रह गरेका छन्। बिहीबार र शुक्रबार बागमती प्रदेशका राजधानी हेटौँडामा भेला भएर संघीयता कार्यान्वयनमा संघ सरकार गम्भीर नबनेको निष्कर्ष निकालेका उनीहरूले शनिबार बिहान बालुवाटार पुगेर प्रधानमन्त्रीलाई ज्ञापनपत्र दिएका हुन्।

उनीहरूले प्रदेशको अधिकार सूचीका विषयहरु हस्तान्तरण गर्न आग्रह गरेका हुन् ।  भेटमा सुदूरपश्चिम बाहेक अन्य ६ प्रदेशका मुख्यमन्त्री सहभागी थिए। मुख्यमन्त्रीको ध्यानाकर्षणपछि प्रधानमन्त्री प्रचण्डले आफू संघीयताको पक्षमा रहेको बताउँदै प्रदशका माग सम्बोधन गर्ने आश्वासन दिएको प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले जानकारी दिए।

प्रकाशित: १४ पुष २०८० ९:२० | Saturday, December 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast