पूर्वसांसद शाह एमाले छोडेर राप्रपा प्रवेश

हिमाल प्रेस ३ पुष २०८० १७:५२ | Tuesday, December 19, 2023
पूर्वसांसद शाह एमाले छोडेर राप्रपा प्रवेश

काठमाडौँ- नेकपा एमालेका नेता तथा पूर्वसांसद गोविन्द विक्रम शाह राप्रपा नेपालमा प्रवेश गरेका छन्। बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति आवश्यक रहेको भन्दै शाह पार्टी प्रवेश गर्नुभएको राप्रपाका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।

जाजरकोटका शाहलाई स्वागत गर्दै अध्यक्ष थापाले अहिले मुलुकमा कायम संघीय गणतन्त्र भ्रष्ट तन्त्रमा परिणत भएको भन्दै व्यवस्था परिवर्तन बिना अवस्था परिवर्तन नहुने बताए। नव प्रवेशी शाहले मुलुकको राष्ट्रिय राजनीतिमा राप्रपा नेपाललाई स्थापित गराउन भरमग्दुर प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित: ३ पुष २०८० १७:५२ | Tuesday, December 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast