काठमाडौँ– दिनेश राउतकाे निर्देशनमा बन्ने फिल्म ‘पुजार सार्की’ मा अभिनेता प्रदीप खड्का, आर्यन सिग्देल र पल शाह अनुबन्धित भएका छन्। सामाजिक सञ्जालमार्फत निर्देशक राउतले तस्बिरसहित उक्त जानकारी दिएका हुन्।
सार्वजनिक पोस्टमा निर्देशक राउतले नेपाली कलाकार एकआपसमा मिलेर काम गर्न चाहँदैनन् भन्ने हल्लालाई तोड्न सहमति जनाएकोमा तीनै जनालाई धन्यवाद दिएका छन्।
फिल्ममा अभिनेत्री छनोटको कार्य भइरहेको निर्माण टिमले जनाएको छ। विकास सुवेदीको लेखन रहेको फिल्ममा जातीय विभेद विरुद्धको कथा प्रस्तुत गरिने बताइएको छ।
सुवास भुसालले लगानी गर्नेछन्। माघ पहिलो सातादेखि फिल्मको छायांकन सुरु गरिने बताइएको छ।
प्रकाशित: २८ मंसिर २०८० १३:५९ | Thursday, December 14, 2023
प्रतिक्रिया





