पुस १० गते प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने

हिमाल प्रेस ६ पुष २०८० १७:०६ | Friday, December 22, 2023
पुस १० गते प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहालले पुस १० गते राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। आज शुक्रबार मोरङ मिक्लाजुङ गाउँपालिकामा पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले पुस १० गते सरकार गठन भएको एक वर्ष पुगेको अवसर पारेर राष्ट्रको नाममा सम्बोधन गर्ने जानकारी गराएका हुन्।

उनले भने, ‘तेस्रोपटक प्रधानमन्त्रीको जिम्मेवारी लिएको पुस १० गते एक वर्ष हुँदैछ। यो एक वर्षमा सुशासन, सामाजिक न्याय र समृद्धिका पक्षमा काम भएका छन्। एक वर्ष पुगेको दिन म नेपाल राष्ट्र र नेपाली जनताको नाममा एउटा ठूलो सम्बोधन गर्दैछु।’

दाहालले सोही कार्यक्रममा आफू नेतृत्वको सरकारमा मन्त्री भएर चित्तबुझ्दो काम नगरेकालाई हटाउने तयारी गरिरहेको पनि बताए।

प्रकाशित: ६ पुष २०८० १७:०६ | Friday, December 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast