पार्टी पद्धतिले गर्दा गुट बनाउनैपर्ने बाध्यता सबैलाई भयो : गगन थापा

हिमाल प्रेस २ पुष २०८० २०:११ | Monday, December 18, 2023
पार्टी पद्धतिले गर्दा गुट बनाउनैपर्ने बाध्यता सबैलाई भयो : गगन थापा

दमौली- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विधानको पालना नगरे दण्ड हुने व्यवस्था गरिनुपर्ने बताएका छन्। नेपाली कांग्रेस तनहुँ क्षेत्र नं १ क्षेत्रीय समितिले आज  (सोमबार) दमौलीमा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै  उनले पार्टी विधानबमोजिम चल्नुपर्ने बताएका हुन्।

‘विधानको पालना नगरे दण्डको व्यवस्था गर्नुपर्छ। दण्डको व्यवस्था भएमात्रै पार्टी विधानबमोजिम चल्न सक्छ। त्यसमा हामीले छलफल चलाइराखेका छौँ,’ उनले भने।

महामन्त्री थापाले पार्टीमा गुटको अन्त्य गरिनुपर्ने जनाउँदै अहिलेको पद्धतिका कारण गुट बनाउनैपर्ने बाध्यता रहेको समेत बताए। ‘अहिले पार्टीभित्र जुन पद्धति छ त्यसका आधारमा गुट बनाउनैपर्ने बाध्यता सबैलाई भयो। हामी सबैले गुटको अन्त्य हुनुपर्छ भने पनि भित्रभित्र गुटमै रमाइराखेका छौँ,’ उनले भने।

महामन्त्री थापाले पार्टीभित्रको निर्वाचन पद्धतिसमेत परिवर्तन गर्न आवश्यक रहेको बताए।

प्रकाशित: २ पुष २०८० २०:११ | Monday, December 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast