पाँच लाख घूससहित वडा अध्यक्ष पक्राउ

हिमाल प्रेस २ पुष २०८० १७:०८ | Monday, December 18, 2023
पाँच लाख घूससहित वडा अध्यक्ष पक्राउ

काठमाडौँ- पाँच लाख रुपैयाँ घूससहित वडाअध्यक्ष पक्राउ परेका छन्। बारा जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ३ का अध्यक्ष तारा कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाको सोमबार टोलीले पक्राउ गरेको हो।

वडाध्यक्ष कार्कीलाई जीतपुरस्थित जैशवाल होटलबाट पक्राउ गरिएको अख्तियारले जानकारी दिएको छ। सडक बनाउने क्रममा उनले स्थानीय निर्माण व्यवसायी राजन उप्रेतीसँग घूसवापत ५ लाख रुपैयाँ लिएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ।

प्रकाशित: २ पुष २०८० १७:०८ | Monday, December 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast