नेप्से परिसूचक ६ प्रतिशतले बढ्यो, आजको कारोबार बन्द

हिमाल प्रेस २४ मंसिर २०८० १२:३९ | Sunday, December 10, 2023
नेप्से परिसूचक ६ प्रतिशतले बढ्यो, आजको कारोबार बन्द

काठमाडौँ– सेयर बजार परिसूचकमा ६ प्रतिशतको वृद्धि भएसँगै आइतबारका लागि कारोबार बन्द भएको छ।

आज कारोबार खुलेको ५ मिनेटमै नेप्से परिसूचक ४ प्रतिशतले बढेपछि पहिलो सर्किट लागेर २० मिनेट कारोबार बन्द भएको थियो। त्यसपछि ११ः२५ मा पुनः खुलेको २ मिनेटमै ५ प्रतिशतले परिसूचक बढेपछि ४० मिनेट कारोबार रोकियो।

तेस्रोपटक १२ः०७ मा खुलेको कारोबारमा दुई मिनेटमै ६ प्रतिशतको वृद्धि भएपछि आजको लागि कारोबार नै बन्द भएको छ।
बजारमा एक घण्टा नबित्दै ४ प्रतिशतले मूल्य बढे २० मिनेटका लागि कारोबार स्थगित हुन्छ। दुई घण्टा नबित्दै ५ प्रतिशतले बढे ४० मिनेटको लागि कारोबार रोकिन्छ। र जुनसुकै समयमा ६ प्रतिशतले बढेमा उक्त दिनको लागि कारोबार बन्द हुन्छ।

आज नेप्से परिसूचक १९६४ बिन्दुमा उक्लिएको छ। २२७ कम्पनीको मूल्य बढ्दा ४८ करोड २४ लाख ८२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।

शुक्रबार नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गरेको थियो। जसमा ५० लाख रुपैयाँभन्दा माथिको सेयर धितोमा जाने कर्जाको जोखिमभार १५० प्रतिशतबाट झारेर १२५ प्रतिशत कायम गरिएको थियो। राष्ट्र बैंकले ब्याजदरसमेत घटाउने नीति लिएको छ। जसको प्रभाव आजको सेयर बजारमा देखिएको छ।

प्रकाशित: २४ मंसिर २०८० १२:३९ | Sunday, December 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast