नेप्से परिसूचक २०६० बिन्दुमा, ६ अर्ब ८६ करोडको कारोबार

हिमाल प्रेस २ पुष २०८० १५:२८ | Monday, December 18, 2023
नेप्से परिसूचक २०६० बिन्दुमा, ६ अर्ब ८६ करोडको कारोबार

काठमाडौँ– सोमबार सेयर बजार परिसूचक (नेप्से) ३८ अंकले बढेको छ। २०२५ बिन्दुबाट सुरु भएको कारोबार सामान्य उतारचढावकाबीच उकालो लागेर परिसूचक २०६० बिन्दुमा पुगेको हो।

आजको कारोबार रकम पछिल्लो एक वर्षमा भएका कारोबारमध्ये धेरै हो। आज कुल ३०५ कम्पनीको ६ अर्ब ५६ करोड ८१ लाख रुपैयाँको कारोबार भएको छ। गत वर्षको पुस २६ गते ७ अर्ब २९ करोडको कारोबार भएको थियो।

सोमबार १६५ कम्पनीको सेयर मूल्य बढेको छ। ७२ कम्पनीको घट्दा ५ कम्पनीको मूल्य स्थिर रहेको छ। आज ६ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

कारोबार रकमका हिसाबले हिमाल दोलखा हाइड्रोपावर शीर्ष स्थानमा रह्यो। यसको २६ करोड २६ लाख रुपैयाँको कारोबार भएको छ। सोना मिनिरल्स एण्ड ओयलको २० करोड रुपैयाँको कारोबार भयो।

सोमबार जलविद्युत् बाहेक सबै उपसमूहको सूचक बढेको छ। जलविद्युत् उपसमूह भने ०.३३ प्रतिशतले घट्यो। आज सबैभन्दा बढी लघुवित्त उपसमूहको सूचक बढेको छ। यसको सूचक ५.५३ प्रतिशतले बढ्यो।

प्रकाशित: २ पुष २०८० १५:२८ | Monday, December 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast