निस्सिम थापा सोसिओलोजी अवार्ड शर्मालाई

हिमाल प्रेस ११ पुष २०८० ७:३० | Wednesday, December 27, 2023
निस्सिम थापा सोसिओलोजी अवार्ड शर्मालाई

काठमाडौँ- निस्सिम थापा सोसिओलोजी अवार्ड २०८० पृथ्वी नारायण क्याम्पस समाजशास्त्र संकायतर्फकी एमएकी विद्यार्थी सुशीला शर्मालाई प्रदान गरिएको छ। शर्मालाई सम्मानपत्र तथा १५ हजार रुपैयाँ नगद प्रदान गरिएको हो।

उनले यस वर्षको अन्तिम परीक्षामा एमए समाजशास्त्रतर्फको कुल प्राप्तांकमा उत्कृष्ट नतिजा प्राप्त गरेकी थिइन् भने समाजशास्त्र विभागका विभागीय प्रमुख प्राध्यापक शिवबहादुर थापा तथा सोही विभागका प्राध्यापक नेत्र नारायण पौडेलको सिफारिसबाट उनलाई फाउन्डेसनले उक्त अवार्ड प्रदान गरेको हो।

फाउन्डेसनले पोखरा बुद्धचोकस्थित रोयल दिदी बहिनी किचनमा निस्सिम थापा एमए सोसिओलोजी अवार्ड तथा निस्सिम थापा प्याराग्लाइडिङ अवार्ड गरी दुई फरक विधामा फाउन्डेसनले उत्कृष्टताका आधारमा उक्त अवार्ड प्रदान गरेको हो।

कार्यक्रमका प्रमुख अतिथि एसओएस बालग्राम गण्डकीका योजना निर्देशक प्रदीपभक्त आचार्यले दीप प्रज्वलन गरी सुरु भएको कार्यक्रमको अतिगिमा पृथ्वी नारायण क्याम्पसका समाजशास्त्रतर्फका प्राध्यापक नेत्र नारायण पौडेल थिए।

कार्यक्रम सन्चालन फाउन्डेसनको तर्फबाट कोषाध्यक्ष रिता पौडेलले गरेकी थिइन्।

प्रकाशित: ११ पुष २०८० ७:३० | Wednesday, December 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast