 
                             
                                            काठमाडौँ- राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले तीन वटा जहाज खरिद गर्न आह्वान गरेको टेन्डरमा तीनवटै कम्पनीको आवेदन परेको छ।
निगमका प्रवक्ता रमेश पौडेलका अनुसार लेट ४१०, डोर्नियर र ट्विनअटर गरी तीन वटा जहाज उत्पादक कम्पनीको प्रस्ताव आएको हो।
निगमले गत कात्तिक ५ गते ४५ दिने सार्वजनिक सूचना जारी गर्दै तीन वटा जहाज खरिदको अन्तर्राष्ट्रिय टेन्डर (बोलपत्र) आह्वान गरेको थियो। उक्त समयावधिमा विभिन्न तीन वटा कम्पनीले टेन्डर हालेका हुन्। यससँगै अब निगमको जहाज खरिद प्रक्रिया थप अघि बढ्ने प्रवक्ता पौडेलले बताए।
‘मूल्यांकन कमिटीले नियमअनुसार आवेदन दिएका कम्पनीहरूको मूल्यांकन गर्नेछ। सो रिपोर्ट बुझेपछि खरिद प्रक्रिया अघि बढ्नेछ,’ उनले भने।
निगमसँग हाल दुई वटा ट्वीअटर जहाज छन्। दुर्गम तथा पहाडी भेगमा उडान थप्न र गन्तव्य विस्तार गर्न निगमले थप तीन वटा जहाज किन्न लागेको हो।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 