नारायणी पुलबाट हाम फाल्दा महिलाको मृत्यु

हिमाल प्रेस ७ पुष २०८० ८:४२ | Saturday, December 23, 2023
नारायणी पुलबाट हाम फाल्दा महिलाको मृत्यु प्रतीकात्मक तस्बिर।

चितवन- चितवनको नारायणी पुलबाट हाम फाल्दा एक महिलाको मृत्यु भएको छ।

नारायणगढ नजिकै नारायणी नदीको पुलबाट हामफाल्दा जनकपुर उपमहानगरपालिका वडा ५ घर भएकी ३१ वर्षीय संगीताकुमारी साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।

जनकपुर घर भए पनि रोजगारको लागि भरतपुर महानगरपालिका वडा नम्बर १० मा परिवार सहित बस्दै आएका थिए।

शुक्रबार दिउँसो ११ः४० बजे नदीमा हामफालेपछि प्रहरीले खोजी कार्य गरेको थियो। घटना पश्चात् विपद् सहितको प्रहरी टोली र स्थानीय मोटर बोर्ड द्वारा तत्काल उद्धार गरी उपचारको लागि सरकारी अस्पताल भरतपुर पठाइएको थियो।

उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित: ७ पुष २०८० ८:४२ | Saturday, December 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast