नारायणगढ–मुग्लिन सडक चार घण्टा बन्द हुने

हिमाल प्रेस ५ पुष २०८० १३:४५ | Thursday, December 21, 2023
नारायणगढ–मुग्लिन सडक चार घण्टा बन्द हुने फाइल तस्बिर।

काठमाडौँ– नारायणगढ–मुग्लिन सडकखण्डको विभिन्न स्थानमा पुल निर्माणका लागि भित्ता काट्नुपर्ने भएकाले दैनिक ४ घन्टा बाटो बन्द हुने भएको छ। पुस ७ गतेदेखि हरेक दिन बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द गरेर काम गरिने भएको हो।

नारायणगढ–मुग्लिन सडक आयोजनाले बिहीबार सूचना जारी गर्दै नारायणगढबाट मुग्लिनतर्फ जाने सवारीसाधनमध्ये यात्रुवाहक सवारी साधन पन्ध्रकिलो बजारदेखि जुगेडीसम्म रोकिने जनाएको छ। त्यस्तै मालवाहक सवारीसाधन भतेरी जंगलदेखि रामनगरसम्म रोकिने छन्।

यसैगरी मुग्लिनदेखि नारायणगढ जाने यात्रुवाहक सवारी साधन मुग्लिन बजारदेखि मनकामना केवलकारसम्म र मालवाहक सवारी साधन लेवाटारमा रोकिनेछन्। पोखराबाट आउने यात्रुवाहक सवारीसाधन बेनीटारदेखि पावर हाउससम्म र मालवाहक सवारीसाधनलाई सत्रसय फाँटमा रोक्नुपर्ने आयोजनाले जनाएको छ।

यो सडक खण्डका १९ वटा पुलमध्ये चार वटा निर्माण सम्पन्न भइसकेका छन्। बाँकी १५ पुलको काम एकै साथ भइरहेको छ।

प्रकाशित: ५ पुष २०८० १३:४५ | Thursday, December 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast