नयाँ वर्ष अभियान फोनपे गर्ने हो

हिमाल प्रेस १३ पुष २०८० १२:२८ | Friday, December 29, 2023
नयाँ वर्ष अभियान फोनपे गर्ने हो

ललितपुर– भुक्तानी प्रदायक कम्पनी फोनपेले नयाँ वर्ष अभियान ‘फोनपे गर्ने हो’ घोषणा गरेको छ।

यो अभियान फोनपेसँग सहज भुक्तानी विधि अपनाउँदै नयाँ वर्ष २०२४ सुरू गरौँ भन्ने सन्देश रहेको छ। यस अभियानले व्यक्तिहरूलाई परम्परागत भुक्तानी विधिहरू त्याग्न र फोनपेको सुरक्षित र सुविधाजनक माध्यम अपनाउन प्रोत्साहन गर्ने कम्पनीको दाबी छ।

फोनपे क्यूआर र फोनपे डिरेक्टले ग्राहकको दैनिक भुक्तानी या लेनदेनका आवश्यतालाई सरल र सुविधाजनक बनाउँदै धेरै मानिसमाझ थप उजागर गराउनु यस अभियानको उद्देश्य रहेको छ।

पुस १३ देखि १७ सम्म चल्ने यस अभियानमा सहभागिता जनाउन ग्राहकहरूले फोनपेको फोनपे क्यूआर अथवा फोनपे डिरेक्ट सेवा अभियान समय अवधिभर पाँच पटकसम्म प्रयोग गर्नुपर्ने छ। त्यसको साथसाथै फोनपे क्यूआर वा फोनपे डिरेक्ट दुवै सेवा ५ पटकसम्म प्रयोग गरेर पनि ग्राहकहरुले अभियानमा सहभागिता जनाउन सक्नेछन्।

यस अभियानमा दुई जनाले शाओमी १२ स्मार्टफोन जित्नेछन्।

प्रकाशित: १३ पुष २०८० १२:२८ | Friday, December 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast