नक्कली भुटानी शरणार्थी प्रकरण : बालकृष्ण खाणको मुद्दामा सरकारी वकिलको बहस सुरु

हिमाल प्रेस २८ मंसिर २०८० १५:०६ | Thursday, December 14, 2023
नक्कली भुटानी शरणार्थी प्रकरण : बालकृष्ण खाणको मुद्दामा सरकारी वकिलको बहस सुरु फाइल तस्बिर।

काठमाडौँ- नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पुर्‍याएको प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाणको मुद्दामा सरकारी वकिलको तर्फबाट बहस सुरु भएको छ। उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाको इजालासमा निर्णायक सुनुवाइ सुनुवाइ सुरु भएको हो। सरकारी वकिल महेश खत्रीले बहस गरिरहेका छन्। खाणलाई धरौटीमा रिहा गर्ने या थुनामै राख्ने भन्नेबारे

पूर्वमन्त्री खाणलाई धरौटीमा रिहा गर्ने या थुनामै राख्नेबारे यसअघि संयुक्त इजलासमा न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलबीच खाणलाई धरौटीमा रिहा गर्ने कि थुनामै राख्ने भन्नेमा राय बाझिएपछि आज अर्को सुनुवाइ हुन लागेको हो। पाण्डेले खाणलाई धरौटीमा छाड्ने र खरेलले थुनामै राख्नुपर्छ भन्ने राय दिएका थिए।

सुनुवाइका क्रममा खाणको पक्षबाट पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खाती, अधिवक्ताहरू सुरेन्द्र महतो, कृष्णप्रसाद सापकोटा, महादेव यादव र हरिहर दाहाल बहस गरिसकेका छन्। सरकारी वकिलको बहसपछि आजै खाँणका वकिलले जवाफी बहस सकेमा खाणबारे उच्च अदालतले निर्णय सुनाउने तयारी छ।

प्रकाशित: २८ मंसिर २०८० १५:०६ | Thursday, December 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast