द्रूत बस सेवाको सुविधा अब अनलाइन प्रणालीबाट

हिमाल प्रेस ४ पुष २०८० ७:३० | Wednesday, December 20, 2023
द्रूत बस सेवाको सुविधा अब अनलाइन प्रणालीबाट

काठमाडौँ- काठमाडौँको रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म सुरु भएको द्रूत बस सेवाको सुविधा अनलाइन प्रणालीबाट लिन सकिने भएको छ। त्यसका लागि एप प्रयोग गर्नुपर्नेछ।

एपमार्फत यात्रुले बस नम्बर, छुट्ने समय, सिट, भाडादर र बिसौनीबारे जानकारी हेरेर आफू अनुकूलको यात्रा सहज बनाउन सक्ने यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले बताए।

हाल द्रूत बस सञ्चालनको समयतालिका पनि परिवर्तन भएको छ।

रिजालले भने, ‘बिहान सूर्यविनायकदेखि रत्नपार्क आउने मान्छे धेरै हुन्छन्। त्यसैले ३६ वटा बस उतैबाट आउँछन्। दिउँसो ३ बजेपछि यताबाट उता जाने मान्छे धेरै हुन्छन्। ती बस फेरि साँझ रत्नपार्कबाट उता जान्छन्।’ गोरखापत्र दैनिक

प्रकाशित: ४ पुष २०८० ७:३० | Wednesday, December 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast