देशको आर्थिक अवस्थालाई माथि उठाउनुपर्छ : ओली

हिमाल प्रेस २७ मंसिर २०८० २०:२० | Wednesday, December 13, 2023
देशको आर्थिक अवस्थालाई माथि उठाउनुपर्छ : ओली

भोजपुर- नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारले आर्थिक समृद्धिका लागि उच्च प्राथमिकता दिएको बताएका छन्। एमाले भोजपुर टेम्केमैयुङ गाउँपालिका कमिटीद्वारा आज (बुधबार) अन्नपूर्णमा आयोजित सभालाई सम्बोधन गर्दै उनले  देशको आर्थिक अवस्थालाई माथि उठाउनुपर्नेमा जोड दिए।

यही मंसिर १४ देखि सुरुआत भएको झुलाघाट–चिवाभञ्ज्याङ मध्यपहाडी पुष्पलाल लोकमार्ग समृद्धिका लागि संकल्प अभियानअन्तर्गत टोली भोजपुर पुगेको थियो। अध्यक्ष ओली सहितको टोलीलाई भोजपुर र खोटाङको सिमानामा रहेको चखेवा भञ्ज्याङमा स्वागत गरिएको थियो। विभिन्न कार्यक्रममा सहभागी हुँदै संकल्प यात्राको टोली यही मंसिर २८ गते धनकुटा प्रस्थान गर्नेछ।

एमाले अध्यक्ष ओलीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष महासचिव शंकर पोखरेल, उपमहासचिव, सचिव, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्य, प्रदेश कमिटीलगायतका नेता, प्राविधिक, विज्ञ सम्मिलित टोलीसहित समृद्धिको लागि संकल्प यात्रामा सहभागी छन्। संकल्प यात्राको टोली आगामी पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुग्ने कार्यक्रम छ।

प्रकाशित: २७ मंसिर २०८० २०:२० | Wednesday, December 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast