 
                             
                                            इटहरी- दलित भएकै कारण आश्रमबाट निकालिएको भन्दै मोरङ प्रहरीमा उजुरी परेको छ। विराटनगर-१ स्थित पुष्पलाल चोकमा रहेको जागृति आश्रमले दलित भएकै कारण आश्रममा बस्न नदिएको भन्दै प्रहरीमा उजुरी परेको हो।
मोरङको उर्लाबारी-३ की ६२ वर्षीया शोभा सुन्दासले आफूलाई आश्रममा बस्न दिने भन्दै बोलाएर दलित भन्दै बाहिर निकालेको भनेर प्रहरीमा उजुरी दिएकी हुन्।
पीडित सुन्दासले आश्रमकी सञ्चालक भुवनेश्वरी आचार्यलाई विपक्षी बनाएकी छन्। २०८० मंसिर १४ गते उर्लाबारी नगरपालिका वडा नं. ३ को सिफारिससहित पुष्पलाल चोकमा रहेको जागृति आश्रममा बस्न आएको तर दलितहरूलाई यहाँ राख्न मिल्दैन भनी आफूलाई सो आश्रमबाट हटाइ दिएको सुन्दासले निवेदनमा उल्लेख गरेकी छन्। यसबारे प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ।
                            प्रकाशित: २२ मंसिर  २०८० २१:०१ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 